सहकारी क्षेत्रहरुमा देखिएका समस्याहरु विसतारै कम हुँदै :अध्यक्ष कडेल

अर्थ मुख्य समाचार समाचार सहकारी गतिबिधी सहकारी समाचार

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा देखिएका  समस्याहरू विस्तारै कम हुँदै गएकाे बताउनु भएकाे छ। शुक्रबार काभ्रेकाे धुलिखेलमा महासंघकाे आयाेजना र नेपाल सहकारी पत्रकार समाजकाे आयाेजनामा  सुरू भएकाे सञ्चारकर्मीकाे क्षमता अभिवृद्दि कार्यक्रममा  बाेल्दै उँहाले केहि समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएकाे भएतापनि ती समस्याहरू विस्तारै कम हुदै गएकाे बताउँनुभएकाे थियाे। तर  वित्तिय क्षैत्र तथा बैंक जस्तै सहकारी क्षेत्रमा पनि तरलताकाे संकट भने रहेकाे उँहाकाे भनाइ थियाे।  केहि सहकारीकाे नियतका कारण राम्राे व्यवस्थापन भएका सहकारीमा पनि समस्या देखियाे ,अब विस्तारै ति समस्याहरू न्यूनीकरण  हुँदै गएका छन,पछिल्लाे समय सहकारीमा तरताकाे समस्याका कारण केहि संकट देखिएकाे हाे ,ती समस्या कमहुँदै गएकाे उँहाकाेकाे भनाइ थियाे। साथै उहाले सहकारी क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लागि परेकाे बताउनु भयाे।

अध्यक्ष कडेलले सहकारी क्षेत्रका विषयवस्तुलाई सञ्चार क्षैत्रमा प्राथमिकता दिनकाे लागि सहकारी क्षेत्र र सञ्चार क्षेत्रकाे सम्बन्ध मजबुद बनाउन आवश्यक रहेकाे बताउनुभयाे। राष्ट्रिय सहकारी महासंघ १०वर्षे नीतिहरू अगाडि सारेर काम गरिरहेकाे बताउँदै उँहाले सिंगाे सहकारी क्षेत्रकाे विकासका लागि सबैले हातेमालाे गर्न जरूरी रहेकाे बताउँनुभयाे। कार्यक्रममा नेपाल सहकारी समाजका अध्यक्ष काजी श्रेष्ठले पछिल्लाे समय सहकारी क्षेत्रका विषयवस्तुले प्रयमिकता पाउँदै गएकाे र अझै याे गतिलाइ बढाउँदै लैजानु पर्ने बताउँनुभयाे।

कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष डिल्ली प्रसाद सापकाेटाले सहकारी क्षेत्रकाे वर्तमान विषयवस्तुकाे विषयमा प्रकाश पार्दे उहाँले सहकारी अभियानकर्मि र सञ्चार क्षेत्रबिच ऐजेण्डाहरूबीच घनिभूत रूपमा संवात हुन नसकेकाे बताउँदै यस विषयमा प्रथमिकता दिएर अगाडि बढ्नु पर्ने उँहाकाे राय थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *