राष्ट्रिय सहकारी बैंक लिमिटेडकाे पुष १६ गते १९ औं साधारण सभा हुने भएकाे छ। शुक्रवार बसेकाे बैंक सञ्चालक समिति,लेखा सुपरिवेषण समिति, विज्ञ समूह र उप -समितिकाे संयुत्त बैठकले पुष १६ गते शनिवार एकाइगत रूपमा पर्ने निर्णय भएकाे बैंकका अध्यक्ष के. बी. उप्रेतीले जानाकारी दिनुभएकाे थियाे। १६ गते हुने साधारण सभामा नयाँ सञ्चालक समिति समेत चयन हुनेछ। साभारण सभा सात वटै प्रदेशमा सहकारी संघ -संस्थाका प्रतिनिधिहरूकाे भाैतिक उपस्थितिमा एकै दिन सम्बन्धित प्रदेशहरूमा गरिने जनाउनु भयाे । १६ गते बिहान भर्चुअल रूपमा साधारण सभाकाे सुरवात गर्ने,प्रदेश स्थारिय एकाइ सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरूले प्रस्तावहरू पारित गरेपछि निर्वाचन अगाडि बडाइने अध्यक्ष उप्रेतिले जानाकारी दिनुभयाे।
सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिकाे निर्वाचन सहितकाे साधारण सभामा सञ्चालक समितिकाे प्रतिवेदन ,लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन ,आर्थिक वर्ष २०७८।०७९ काे लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७९।०८० काे प्रस्ताविक बजेट तथा कार्यक्रम प्रस्तुत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईले जनाउनुभयाे। उहाँका अनुसार साधारण सभामा लाभांस वितरण, विभिन्न कार्यक्रमहरू संशाेधन,विनियम संशाेधन,कार्यसूचिमा थप भएका प्रस्ताव, आर्थिक वर्ष २०७९।०८० काे लागि लेखापरिक्षणकाे नियुत्ति तथा निजकाि पारिश्रमिक निर्धारण गर्ने,नियमकारी निकायकाे निर्देशनकाे जानाकारी र साधारण सभाकाे एकाइ बैठककाे निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारण सभा (केन्द्र) काे निर्णय प्रमनणित गर्ने एकाइ प्रतिनिभिहरूकाे छनाेट गर्ने लगायतका विषय रहेका छन। साधारण सभामा २०७९ मङ्सिर ८ गतेसम्म सदस्यता लिएका १५ हजार ७ सय २६सदस्य सहकारी संघ \संस्थाका एक एक जना प्रतिनिधिहरूले मात्र सहभागिता जनाउन पाउने छन।