सहकारीहरूकाे समस्यालाई सहजिकरण गरिदिनकाे लागि सरकारलाई ज्ञापन पत्र

समाचार सहकारी गतिबिधी सहकारी समाचार

सहकारीकाे  क्षेत्रका देखिएकाे तरलता  समस्या समधानकाे लागि सहजिकरण गरिदिन सहकारी विभागका रजिष्ट्रारलाई  ज्ञापन पत्र बुझाउने तयारी सहकारीकर्मीहरुले गरेका छन। स्राेतका अनुसार मंगलबार ६ बुाँदे ज्ञापन पत्र सहकारी विभागमा रजिष्ट्रार रूद्रप्रसाद पण्डितलाई बुझाउने कार्यक्रम तय भएकाे छ। आईतबार राष्ट्रिय सहकारी महासंघ काठमाडाैंका केही सहकारी संस्थाहरू बीच सहकारीमा देखिएका वर्तमान समस्या बिच छलफल भएकाे थियाे । साे छलफलमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेकाे संयाेजकत्वमा समिति गठन गरिएकाे थियाे ।

उत्त समितिकाे बैठक बसेकाे थियाे । बैठकबाट ६ बुँदे ज्ञापनपत्र बुझाउने भएकाे छ। उत्त ज्ञापन पत्रमा सहकारीकाे तरलता  सहजतालाई समाधानमा राज्यले सहयाे गर्नुपर्ने जस्ता बुँदाहरू रहेका छन। भने उत्त समितिमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष ललितपुर, काठमाडाैं,भत्तपुर र काभ्रेका जिल्ला सहकारी संघका अध्यक्ष ,बचत तथा ऋण सहकारी संघका अध्यक्ष र बहुउद्देश्यीय सहकारी संघका अध्यक्षका अध्यक्षहरू रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *