व्यवसायक रूपमा चलेका सहकारी संस्थाहरूमा मात्र तरलता संकट रहेकाे र समुदायमा आधारित सहकारी संस्थामा तरलता संकट नभएकाे राष्ट्रिय सहकारी महासंधका अध्यक्ष मिनराज कडेलले बताउनु भएकाे छ। अध्यक्ष कडेलका अनुसार गैर समुदायमा आधारीत व्यवसाययिक रूपमा चलेका संस्थामा मात्र तरलता संकट रहेकाे प्रस्ट पार्नु भएकाे छ। भत्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. काे अठाराैं बार्षिक साघारण सभा मन्तव्य राख्दै अध्यक्ष कडेलले एउटा संस्थामा समस्या आउने वित्तिकै समग्र सहकारीमा असर पर्ने भएकाले सहकारी संघहरूमा आबद्ध गराउने यदि आबद्ध नभएका निकायलाई कार्वाहीकाे लागि शिफारिस गर्नुपर्ने बताउनु भयाे।
