म्याग्दी जिल्लामा रहेकाे पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. काे सञ्चालकहरूकाे क्षमता अभिवृद्धि तालिम पाेखरामा सञ्चालन भएकाे थियाे । साे तालिमकाे नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला देवी गिरीकाे प्रमुखत्वमा भएकाे थियाे । तालिममा सञ्चालक समितिका पदाधिकारी ,लेखा सुपरिवेक्षण समितिका संयाेजक, सदस्य, विभिन्न उपसमितिका सदस्य र व्यवस्थापन समूहबाट गरी २७ जनाकाे सहभागिता रहेकाे थियाे । उत्त तालिम शुभारम्भका अवसरमा प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक समितिका सदस्य कमला गिरिले सञ्चालक समितिकाे क्षमता अभिवृद्धि तालिममा साकाेस अभियान सिकाइकाे लागि महत्वपूर्ण तालिम रहेकाे स्पष्ट पार्नु भयाे। साथै साकाेस सञ्चालनकाे क्रममा नीति, विधि र प्रविधिबाट सञ्चालित हुनुपर्नेमा समेत जाेड दिनुभयाे ।
त्यसैगरी नेफ्स्कूनकाे प्रविधिक सहयाेगमा सञ्चालन भएकाे तालिमकाे सहजिकरण नेफ्स्कूनका व्यवसाय विभागका प्रमुख दुर्गाप्रसाद ढकाल र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएकाे थियाे ।साथै अध्यक्ष भिमप्रसाद गाैतमले सहकारी निरन्तरकाे सिकाइ भएकाे र सिकेका ज्ञान सीप व्यवहारमा उतारेर अगाडि बढ्नसके साकाेसकाे प्रभावकारी सञ्चालन सम्भव हुने बताउनुभएकाे थियाे ।