नराम्रा सहकारीको कामले गर्दा राम्रा सहकारीहरुमा असर: सचिव रेग्मीले

Uncategorized विविध समाचार सहकारी गतिबिधी सहकारी समाचार

भूमि व्यावस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले खराब नियतले संचालन भएका सहकारीहरुको गलत कामले गर्दा राम्रा सहकारीको छविमा नकारात्मक असर पारेको बताउनुभएको छ। नेपाल सहकारी पऋकार समाज (सीजेएन) को टोलीसंग मन्त्रालयमा भेटघाट गर्दै सचिव रेग्मीले मूलुकमा सहकारीको मूल्य मान्यता र सिद्धान्त शिरोपर गरेर संचालन भएका असल सहकारीले गरेका राम्रा कामको उचित प्रचारप्रसार हुन नसकेकाले यस्तो अवस्था उत्पन्न भएको बताउनुभयो।

घेरै सहकारीले कुनै व्यक्तिको जन्म हुँदा देखि मृत्यु सम्म विभिन्न सेवा प्रदान गरिरहेको साथै सहकारीले सदस्यहरूको सर्वांगीण उत्थानका लागि गरेका राम्रा कामकाे सहकारी अभियान र सरकारले यथेष्ट प्रचार प्रसार गर्न आवश्यक छ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभोड) महामारीले पारेको नकारात्मक असर, दर्ता भएका अधिकांश सहकारीले बचत तथा ऋणको काम मात्र गरेकोले पनि सहकारीमा समस्या आएको बताउनुभयो। सचिव रेग्मीले राष्ट्रिय सहकारी महासंघ अन्य केन्द्रीय छाता संघहरूले कुनै सहकारी मूल्य मान्यता, सिद्धान्त र कानुन विपरित काम गर्दा बचाउन नहुने भनाई राख्नुभयो। भेटघाटमा मन्त्रालयमा सचिव रेग्मीलाई सिजेएनका अध्यक्ष काजी श्रेष्ठले सिजेएनले गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभएको सिजेएनका सचिव अर्जुन खतिवडाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *