कागेश्वरी मनाेहर नगरपालिका बडा नं ९ मा रहेकाे सहकाली बचत तथा ऋण सहकारी संस्थाकाे १६ औं साधारण सभा सम्पन्न भएको छ।यस सभामा मुकुन्द प्र अधिकारीकाे सभापतित्वमा भएकाे थियाे भने अध्यक्ष अनिल थापा र जिल्ला सहकारी संघ काठमाडाैंका सचिव बालकुमार बास्ताेलाकाे आतिथ्यता रहेकाे थियाे । सभामा उपाध्यक्ष अधिकारीले अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दे समाजमा छरिएर रहेकाे स सानाे पुँजिलाई एकिकृत गरी सहकारीकाे माध्यमबाट सदस्यहरुकाे आर्थिक तथा सामाजिक रुपान्तरमा लगानी गर्दै आएकाे बताउनुभयाे । साे संस्था २०६४ सालमा २८ जना सदस्य र ६ लाख ३९ हजार शेयर पुँजिबाट सुरु भएकाे संस्था हाल ‘समुन्न भविष्यकाे लागि हाम्राे सयुक्त अभियान ‘ सहकालीमा निरन्तर बचत हाम्राे दरिलाे पहिचान भन्ने उदश्यका साथ अघि बढि रहेकाे बताउनु भयाे । उहाले सभामा संस्थाले आर्थिक बर्ष २०७९। ८० माे असार मसान्तसम्म १० कराेड ८१ लाख ८३ हजार शेयर पुँजी १९ कराेड ९७ लाख ८१ हजार जगेडा तथा अन्य काेष ‘ १ अर्ब १३ कराेड ५९ लाख बचत संकलन र १ अर्ब ४९ कराेड ५८ लाख ऋण लगानी गरेकाे बताउनु भयाे । साथै साे संस्थामा ८ कराेड ७० लाख माथि स्थिर सम्पति रहेकाे र संस्थाकाे त्यस अवधिमा १ अर्ब ८५ कराेड ५८ लाख कुल सम्पति पुगेकाे बताउनुभयाे साथै संस्थाले आर्थिक बर्षमा १ कराेड ४९ लाख १४ हजार खुद मुनाफा बर्जन गरेकाे बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सभामा काेषाध्यक्ष किशाेर बस्नेतले बर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयाेजक कुमार प्रसाद चालिसेले समितिकाे प्रतिवेदन सभामा प्रस्तुत गर्दै चालिसेले संस्थाकाे ब्याज मुल्तवी हिसाव बर्षेनी बढेर गएकाेले ऋण लगानि तथा असुली उपसमिति मार्फत कार्यविधि निर्माण गरी यथाशिघ्र असुल उपर गर्न र भाका नाघेका र उठाउन नसकिने ऋणहरुलाई अभिलेन गर्न सुझाव दिनुभयाे साथै यस संस्थाले सदस्यकाे माग अनुसार कृषि तथा पर्यटन, व्यवसायिक ,हायर पर्चेच, सामुहिक, आवाधिक, सामाजिक, आवास अटाे र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दे आएकाे छ ।