सहकारी क्षेत्र जटिल अवस्थामा पुगेकाे भन्दै आईतवार बसेकाे संघीय संसदकाे कृषी सहकारी तथा प्रकृतिक स्राेत समितिले सहकारी क्षेत्रलाई संकटग्रस्त घाेषणा गर्न सहकारलाई निर्देशन दिएकाे छ । सहकारी संस्थाहरु उत्पादनमुलक भन्दापनि बचत तथा ऋण काराेवारमै बढी केन्द्रीत हुने र सहकारीकाे मर्म बिपरित काम गरेकै कारण नेपालका सहकारी धरासयी बनेकाे हुदा अहिलेकाे अवस्था सिर्जना भएकाे समितिकाे सभापती आरजु राणाले बताउनु भयाे । साथै उहाँकाे भनाइ अनुसार कालाेधनकाे काराेवार गर्न सहकारी प्रयाेग भएकाे बताउनु भयाे ।
छलफलकै क्रममा सभापती आरजु राणाले सहकारी ऐनमा भएकाे कमजाेर व्यबस्थापनका कारण याे क्षेत्र जाेखिममा परेकाे र संसाेधनका लागी प्रधानमन्त्री समक्ष लिखित नाेट बुझाउने र याे क्षेत्रकाे सुधारका लागी आफु अग्रसर रहेकाे बताउनु भयाे ।
याे समितिमा भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब गाेकर्णमणि दुवाडीले सहकारी नियमनकाे बिषयमा संघ, प्रदेश र स्थानिय बिच स्पष्ट कानुन नभएकाले सहकारीमा यस्ता जटिल समस्य देखा परेकाे बताउनुभयाे ।