सहकारी विभागले देशभरी रहेका सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुकाे सदस्य पहिचान फारम (KYM) फारम भराउन निर्देशन दिएकाे छ । संस्थामा आवद्द आफना सम्पुर्ण सदस्यहरुकाे (KYM) फारम भरी अभिलेख व्यवस्थित गरी संस्थामा राख्न निर्देशन दिएकाे छ । सदस्यहरुकाे पहिचान गर्दा सदस्यहरुकाे विस्तुत विवरण (KYM) फारम भर्नु पर्ने र साे काे नमुना सम्पति शुद्धीकरण निवारण सम्वन्घि सहकारी संघ संस्थाहरुलाई निर्देशन तेस्राे ( निर्देशन २०७४) मा रहेकाे छ । साथै सहकारी विभागले सबै सहकारी संघ /संस्थाहरुकाे अनुगमन निरीक्षण गरी सबै सदस्यहरुकाे (KYM) फारम भरे/ नभरेकाे समेत अनुगमन गर्ने जनाएकाे छ ।
सम्पति सुद्धिकरण ( मनि लाउण्डरिङ ) निवारण ऐन , २०६४ काे दफा ७ क, सम्पति सुद्धीकरण (मनी लाउण्डरिङ ) निवारण नियमावलि, २०७३ काे नियम ४ र ५ तथा सहकारी वभागवाट सम्पति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ / संस्थाहरुलाई जारी गरेकाे ( तेस्राे संशाेधन सहित ) निर्देशन , २०७४ काे दफा ३ अनुसार सहकारी संघ /संस्थामा सदस्य हुने इच्छुक व्यत्तिकाे पहिचान तथा सम्पुष्टि गरेर मात्र सदस्य बनाउनु पर्ने व्यवस्था छ । साे निर्देशन सहमारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले मंगलबार निर्देशन जारि गर्नु भएकाे हाे ।